arin enterprises

निजी शिक्षकहरुलाई सामुदायिक स्तरकै तलब देऊ : मेयर बालेन

SamacharDesk | २०८० आषाढ १४, बिहिबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बोर्डिङ शिक्षकहरूलाई सरकारीसरहकै तलब सुविधा दिन सचेत गराएका छन् ।

उनले सो अनुसार तलब नदिए महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् । मेयर शाहले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकको तलब सुविधा बराबर हुनुपर्ने भन्दै संस्थागत विद्यालयहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

शिक्षा ऐन २०८ को दफा १२ ९७०९छ० मा संस्थागत विद्यालयको शिक्षकलाई पनि सरकारले तोकेअनुसार दिनुपर्ने व्यवस्था गरेअनुसार काम गर्न उनले आग्रह गरेका छन् ।

सामुदायिक विद्यालयको भन्दा संस्थागत विद्यालयका शिक्षकहरुको तलब कम भएको भन्दै उनले नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई शिक्षकहरुलाई तलब उपलब्ध गराउन संस्थागत विद्यालयहरुलाई निर्देशन दिएका हुन् ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको मेयर शाहले स्मरण गराएका छन् ।

महानगरको शिक्षा विभागका अनुसार महानगरमा ५ सय ४० वटा संस्थागत विद्यालयहरु छन् । शिक्षा विभागमा अधिकांश संस्थागत विद्यालयले ऐन अनुसार शिक्षकहरुको तलब स्केल नदिएको भन्ने गुनासो आएको महानगरले जनाएको छ ।

Categorized in स्थानीय