arin enterprises

वालोन डी ओरको प्रारम्भिक सूची सार्वजनीक

SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र २१, बिहिबार

सार्वजनीक प्रतिष्ठित फुटबल अवार्ड वालोन डी ओरको प्रारम्भिक खेलाडीको सूची सार्वजनीक भएको छ ।

आयोजक संस्थाले बुधबार राति अवार्डका लागि प्रारम्भिक खेलाडीको सूची सार्वजनीक गरेको हो ।

लियोनल मेस्सीलाई समावेश गर्दै आयोजकले प्रारम्भिक सूची सार्वजनीक गरेको हो । विश्व विजेता मेस्सीलाई आठौं पटक वालोन डी ओर जित्न सक्ने सम्भावित खेलाडीको रुपमा हेरिएको छ ।

३० खेलाडीको प्रारम्भिक सूची सार्वजनीक गर्दा म्यानचेस्टर सिटीका ७ खेलाडीले स्थान बनएका छन् ।

यस्तै स्टार फुटबलर क्रिस्टियानो रोनाल्डा भने प्रारम्भिक सूचीमा पर्न असफल भएको छ । सन् २००३ पछि पहिलो पटक रोनाल्डो वालोन डी ओरको प्रारम्भिक सूचीमा नपरेका हुन् ।

रोनाल्डो ५ पटक यस अवार्डका विजेता हुन् । उनी अहिले साउदी क्लब अल नासरबाट ब्यवसायीक फुटबल खेलिरहेका छन् ।

यसै सिजन बार्सिलोना गएका गुन्डोगन समेत प्रारम्भिक नामावलीमा अटाएका छन् ।

इङ्ल्याण्डको राष्ट्रिय टिमका ह्यारी केनदेखि जुड बेलिङ्घम र बुकायो साका समेत प्रारम्भिक सूचीमा छन् ।

प्रारम्भिक खेलाडीको सूची:

जोस्को ग्वार्डिओल – म्यानचेस्टर सिटी

जमाल मुसियाला – बायर्न म्युनिख

आन्द्रे ओनाना – म्यानचेस्टर युनाईटेड

करिम बेन्जिमा – अल इत्तिहाद

मोहमद सलाह – लिभरपुल

बुकायो साका – आर्सनल

केभिन डी ब्रुइन – म्यानचेस्टर सिटी

जुड बेलिङघम – रियल म्याड्रिड

रेन्डल कोलो मुआनी – पीएसजी

बर्नार्डो सिल्भा – म्यानचेस्टर सिटी

ख्विचा क्वारत्सखेलिया – नापोली

निकोलो बरेला – इन्टर मिलान

एमिलियानो मार्टिनेज – एस्टन भिल्ला

रुबेन डायस – म्यानचेस्टर सिटी

एर्लिङ हालान्ड – म्यानचेस्टर सिटी

मार्टिन ओडेगार्ड – आर्सनल

इलके गुन्डोगन – बार्सिलोना

यासीन बौनौ – सेभिल्ला

जुलियन अल्वारेज – म्यानचेस्टर सिटी

भिनिसियस जुनियर – रियल म्याड्रिड

रोड्री – म्यानचेस्टर सिटी

एन्टोनी ग्रिजम्यान – एट्लेटिको म्याड्रिड

लियोनल मेस्सी – इन्टर मियामी

लुटोरो मार्टिनेज – इन्टर मिलान

रोबर्ट लेवान्डोस्की  – बार्सिलोना

किम मिन जे – बार्यन म्युनिख

लुका मोड्रिक – रियल म्याड्रिड

केलियन एमबाप्पे – पीएसजी

ह्यारी केन – बायर्न म्युनिख

विक्टर ओसिम्हेन  – नापोली

Categorized in स्पाेर्ट्स