arin enterprises

सेल्टा भिगोमाथि बार्साको पुनरागमन जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ७, आइतबार

स्पेनिस ला लिगमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ । शनिबार राति बार्सिलोनाले सेल्टा भिगोमाथि ३–२ को पुनरागमन जित निकालेको हो ।

घरेलु मैदानमा खेलको अन्तिम १० मिनेटमा तीन गोल गर्दै बार्सिलोनाले हारबाट जोगेको हो  ।

खेलको ७६ औं मिनेटसम्म २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोनाले ३–२ को जित निकाल्न सफल रह्यो ।

बार्सिलोनाका लागि रोवोर्ट लेवान्डोस्कीले ८१ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसको चार मिनेटपछि उनले बार्सिलोनालाई बराबरीमा ल्याएका थिए ।

खेल सकिन एक मिनेट अघि कान्सेलोले बार्सिलोनाका लागि विजयी गोल गरे ।

त्यसअघि जोर्गेन स्ट्रेन्ड लार्सनले १९ औं मिनेटमासेल्टा भिगोलाई अग्रता दिलाएका थिए । खेलको ७६ औं मिनेटमा टासोस डौविकसले पाहुना टोलीको अग्रता दोब्बर पार्ने काम गरेका थिए ।

यो पुनरागमण जित सहित बार्सिलोनाले महत्पूर्ण तिन अंक जोड्डै लिगको तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको ६ खेलमा १६ अंक रहेको छ ।

एक खेल कम खेलेको रियल म्याड्रिडको १६ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

सेल्टा भिगो ४ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।

Categorized in स्पाेर्ट्स