बार्सिलोनाको पहिलो जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र ४, सोमबार

स्पेनिस ला लिगा सिजन २०२३/०२४मा बार्सिलोनाले आफ्नो पहिलो जित दर्ता गरेको छ । आईतबार राति बार्साले काडिजविरुद्ध भने २–० को जित निकाल्न सफल भएको हो ।
ओलिम्पिक स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले समान १/१ गोल गरे ।
बार्सिलोनाले दुवै गोल दास्रो हाफमा गरेको थियो ।
८२ औं मिनेटमा पेद्रीले पहिलो गोल गरे । त्यसपछि खेलको अन्तिममा अतिरिक्त समयको चौथो मिनेटमा फेरान टोरेसले एक गोल थप्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।
यसअघि बराबरीमा रोकिएको बार्सिलोनाको दुई खेलमा चार अंक पुगेको छ ।
Categorized in स्पाेर्ट्स