arin enterprises

बार्सिलोनाले तेस्रो स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण ३०, सोमबार

स्पेनिस ला लिगामा बार्सिलोनाले तेस्रो स्थानमा उक्लिएको छ । 

आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४–० गोलले हराउँँदै तेस्रो स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा खेलको १४ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

२१ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

पिएरे एमरिक अबमेयाङले २७ औं मिनेटमा गोल गर्दा पहिलो हाफमै  बार्सिलोना ३–० ले अघि रह्यो ।

दोस्रो हाफको ७५ औं मिनेटमा रिकी पुइगले गोल गर्दै बार्सिलोनालाई ४–० को जित दिलाए ।

यो जितसँगै बार्सिलोनाले २७ खेलमा ५१ अंक जोड्डै तेस्रो स्थानमा उक्लिएको छ ।

ओसासुना ३५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यस्तै २७ खेलमा ६३ अंक सहित रियल म्याड्रिड शीर्ष स्थानमा छ ।

Categorized in स्पाेर्ट्स