arin enterprises

एल क्लासिकोमा बार्सिलोनाको सानदार जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ७, सोमबार

स्पेनिस ला लिगाको एल क्लासिकोमा बार्सिलोनाले रियल म्याड्रिडमाथि सानदार जित निकालेको छ ।

आइतबार राति भएको एल क्लासिको खेलमा बार्सिलोनाले रियललाई ४–० गोलले हराएको हो ।

रियलको घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउने क्रममा खेलको २९ औं मिनेटमा पिएरे एमरिक अबमेयाङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

३८ औं मिनेटमा रोनाल्ड अरुजोले गोल गर्दा बार्सिलोनाको अग्रता दोब्बर बन्यो । फेरान टोरेसले ४७ औं मिनेटमा गोल गर्दा बार्सिलोना ३–० ले अघि रह्यो ।

खेलको ५१ औं मिनेटमा अबमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रतामा पुर्‍याए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

यो जितसँगै बार्सिलोनाले रियलसँगको अंक दुरीलाई १२ अंकमा झारेको छ । २८ खेलमा ५४ अंकसहित बार्सिलोना तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २९ खेलमा ६६ अंक छ भने सेभिल्ला २९ खेलमा ५७ अंक जोड्डै दोस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडको २९ खेलबाट समान ५४ अंक छ ।

Categorized in स्पाेर्ट्स