गालातासारेलाई हराउँदै बार्सिलोना अन्तिम आठमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ४, शुक्रबार

स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।
टर्किस क्लब गालातासारेलाई समग्रमा २–१ ले हराउँदै बार्सिलोना अन्तिम आठमा पुगेको हो ।
अन्तिम १६ को पहिलो लेगमा गालातासारेसँग गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगमा २–१ गोलले जित निकाले ।
बिहिबार राति भएको दोस्रो लेगको खेलमा सुरुआती अग्रता भने गालातासारेले बनाएको थियो ।
२८ औं मिनेटमा मार्कोस डोले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए ।
खेलको ३७ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा फर्काए ।
४९ औं मिनेटमा पिएरे एमरिक अबमेयाङले गोल गरेपछि खेल २–१ बार्सिलोनाको पोल्टामा गएको थियो ।
Categorized in स्पाेर्ट्स