काडिजसँग बार्सिलोना स्तब्ध
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख ६, मंगलबार

स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ ।
सोमबार राति भएको खेलमा काडिजसँग १–० गोलले बार्सिलोना पराजित भएको हो ।
बार्सिलोनाको घरेलु मैदानमा काडिजलाई जित दिलाउन लुकास परेजले निर्णायक गोल गरे ।
उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन् । यस जितसँगै काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ ।
काडिज १६ औं स्थानमा रहेको छ । बार्सिलोना ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स