पतिको दीर्घायुको कामना गर्दै वरसाइत पर्व मनाईंदै
SamacharDesk | २०८० जेठ ५, शुक्रबार

हरेक जेठ कृष्णपक्ष अमावश्यका दिन आज मिथिलाञ्चलका महिलाहरु बरसाइत (बटसावित्री) पर्व मनाउने गर्दछन्।
पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलमा यो पर्व हर्षाेल्लासपूर्वक मनाइन्छ ।
अहिले मिथिलाञ्चलमा मात्र सीमित नभई नेपालभर बसोबास गर्ने मधेशी महिलाहरु यो पर्व मनाउन गर्दछ । यो पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ।
नवविवाहिता महिलाले पहिलो वरसाइत अनिवार्यरुपमा ससुरालमै मनाउनुपर्ने चलन छ । यस पर्वको दिन बिहानै विवाहित महिला उठेर नदी अथवा पोखरीमा स्नान गरी बट वृक्षमुनि सावित्रीको आराधना र अर्चना गरेर धुमधामका साथ यसलाई मनाउने गर्दछन्।
विभिन्न फलफूल, अक्षता, धुप, दीपसहित विवाहित महिला गीत गाउँदै बट वृक्ष भएको ठाउँमा गएर सावित्रीको पूजा गर्दछन्। अग्निपुराणमा उल्लेख भएअनुसार व्रती महिला दिनभरि उपवास बसेर सावित्रीको पूजा वृक्षको मुनि बसेर गर्नुका साथसाथै अविवाहित तरुणी पनि गीत गाउँदै र लोकनाच गर्दै यस चाडलाई मनाउने गर्दथिन्।
वरसाइट पर्व मनाउन बिहीबार नहायखाय ९स्नान गरी सात्विक भोजन० गरेपछि महिलाहरु श्रृंगार गरेर चिटिक्क पर्छन् । जसको लागि लुगादेखि चुरासम्मका सबै शुङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ।
आज बिहानै नुहाइ रातो, पहेँलोसहित विभिन्न रङको पहिरनमा नजिकको वर (बट)को रुखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गरिन्छ ।
उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रुखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति पत्नी मिलेर पूजा गर्ने चलन छ।
पति र पत्नीले पूजा गरिरहँदा पत्नीको भाइ छाता ओढाएर साक्षीको रुपमा उभिन्छन्। महिला पुरोहितले पर्वको मन्त्र उच्चारण गरी वरको जरामा पूजा गर्छन्।
अंकुरी (पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल) काँक्रो, केरा, स्याउ, अङ्गुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिन्दूरले रङ्ग्याउँछन्।
प्रसाद चढाइसकेपछि बर्तालुले पतिलाई उभिन लगाएर वरको रुखमा सात फेरो पहँेलो र रातो धागोले बेर्छन्। आँप र कलश लिएर तीनपटक वरको रुख र पतिको परिक्रमा गर्छन्।
परिक्रमा गरिरहेको बेलला बर्तालुले एकपटक वरको जरामा र अर्को पटक पतिको गोडामा जल चढाउँछन्। पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ।
सावित्रीले मृत पति सत्यवानको पुनर्जीवनका लागि यसरी नै पूजा गरेको धार्मिक पुस्तकमा उल्लेख छ।
Categorized in संस्कृति