वायर्न म्युनिख लगातार दशौं पटक च्याम्पियन
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख ११, आइतबार

वायर्न म्युनिखले लगातार दशौं पटक जर्मनी बुन्डेस लिगाको उपाधि जितेको छ ।
शनिबार भएको खेलमा बोरूसिया डर्टमन्डलाई ३–१ ले हराउँदै वायर्नले यो सिजनको उपाधि तीन खेलअघि नै जित्न सफल भएको हो ।
शनिबार भएको खेलमा वायर्नका सेर्जी गिनर्बीले १५ मिनेटमा पहिलो गोल गरे । ३४ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर पार्न सफल भए ।
डर्टमन्डका क्यानले ५२औं मिनेटमा पेनाल्टी माफर्त गोल फर्काए । ८३ औं मिनेटमा मुसिआलाले तेस्रो गोल गरेपछि वायर्न च्याम्पियन बन्न सफल भयो ।
वायर्नले सन् २०१३ देखि लगातार बुन्डेस लिगाको उपाधि जितिरहेको छ ।
Categorized in स्पाेर्ट्स