arin enterprises

बेचेन झालाई थुनामा पठाउन आदेश

SamacharDesk | २०८१ भाद्र २, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ ।

आइतबार न्यायाधीश तीर्थराज केसीको एकल इजलासले झालाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

अदालतको आदेशपछि झालाई केन्द्रीय कारागार सुन्धानरा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

झाविरुद्ध सरकारी वकिल कार्यालयले ठगी, लिखत कीर्त्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।

भारतीय नागरिकता समेत रहेको दाबी गरिएका झाको नेपाली ठेगाना भने पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ छ ।

Categorized in अपराध