समूह ‘बी’ वाट बेल्जियम र डेनमार्क अन्तिम १६ मा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ८, मंगलबार

समूह ‘बी’ वाट बेल्जियम र डेनमार्क युरो २०२० को अन्तिम १६ मा पुगेको छ ।
सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा फिनल्याडलाई २–० गोलले पराजित गरेपछि समूह ‘बी’ को विजेता बन्दै बेल्जियम अन्तिम १६ मा पुगेको हो ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे भने एक आत्मघाती गोल उपहार पाएको थियो । ७५ औं मिनेटमा फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले आत्मघाती गोल गरेपछि बेल्जियमले अग्रता लियो । पोस्टमा लागेर फर्किएको बल लुकासलाई लाग्दै गोल भएको थियो ।
८१ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २–० को जित दिलाए । उनले केभिन डि ब्रुयनेको पासलाई सदुपयोग गरे ।
त्यसअघि ६५ औं मिनेटमा लुकाकुको गोलगर्दा भीएआरमा उनी अफसाइड देखिएका थिए । यो जितसँगै बेल्जियमले समूह चरणमा शतप्रतिशत जित निकालेको छ ।
यता यहि समूहका अर्को खेलमा डेनमार्क पनि युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ ।
सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा रुसलाई ४–१ गोलले पराजित गरेपछि समूहको उपविजेता बन्र्दै डेनमार्क अन्तिम १६ मा पुगेको हो ।
खेलको ३८ औं मिनेटमा मिकेल डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । ५९ औं मिनेटमा युसुफ पाउलसेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर बनाए ।
७० औं मिनेटमा आर्टमले पेनाल्टीमा गोल गर्दै रुसलाई २–१ को स्थितिमा ल्याए ।
७९ औं मिनेटमा आन्द्रेस क्रिस्टियनसेनले ८२ औं मिनेटमा जोकिम मुहलेले गोल गर्दै डेनमार्कलाई ४–१ को जित दिलाए ।
यो जितसँगै डेनमार्क समूह ‘बी’ मा दोस्रो भएको छ । समूह ‘बी’ मा ३ खेलमा ९ अंक जोड्दै बेल्जियम शीर्ष स्थानमा छ ।
यस्तै बाकि तीनै वटा टिमले ३ खेलमा ३ अंक जोडेको छ । तर, गोलको आधारमा अस्ट्रिया दोस्रो, फिनल्याण्ड तेस्रो र रुस चौथो स्थानमा छ ।
फिनल्याण्डले अब उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुग्नका लागि कुर्नु पर्ने हुन्छ । यस्तै चौथौं स्थानको रुस भने बाहिरियो ।
Categorized in स्पाेर्ट्स