arin enterprises

बेलिङघमको उत्कृष्त प्रदर्शनमा रियल शीर्ष स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १४, आइतबार

रियल म्याड्रिड स्पेनिस ला लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति गिरोनालाई ३–० ले हराउँदै रियलले शीर्ष स्थानमा पुनरामगन गरेको हो ।

गिरोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन जुड बेलिङघमले उत्कृष्त प्रदर्शन गरे ।

खेलको १७ औं मिनेटमा बेलिङघमकै पासमा जोसेलुले गोल गर्दै रियललाई खेलमा अघि बढाएका थिए । औरेलियन टचौमेनले टोनी क्रुसको पास सदुपयोग गर्दै रियलका लागि दोस्रो गोल गरेका थिए ।

जोसेलुको पासमै बेलिङघमले ७१ औं मिनेटमा गोल गर्दै रियललाई ३–० को जित दिलाए ।

योसँगै बेलिङघमले रियलका लागि सिजनको सातौं गोल गरे । इन्जुरी समयमा रियलका नाचो रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।

यो जितसँगै रियलले बार्सिलोना र गिरोनालाई उछिन्दै तालिकाको शीर्ष स्थानमा छ । उसले ८ खेलबाट २१ अंक जोडेको छ ।

केहि समय अघि शीर्ष स्थानमा रहेको गिरोना १९ अंक सहित तेस्रो स्थानमा झरेको छ ।

यस्तै समान खेलमा २० अंक जोड्डै दोस्रो स्थानमा छ । 

Categorized in स्पाेर्ट्स