बेन स्टोक्सले संन्यास फिर्ता लिए
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ३१, बुधबार

इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले एकदिवसीय खेलबाट लिएको संन्यास फिर्ता लिएका छन् ।
इंल्यान्डका प्रशिक्षक म्याथ्यु मोटले हालै टेस्ट टोलीका कप्तान स्टोक्सले एकदिवसीय खेलबाट संन्यास फर्ता लिने कुरा खुलासा गरेका हुन् ।
स्टोक्सले संन्यास फिर्ता लिएसँगै क्रिकेट विश्वकप २०२३ अघि इंग्ल्यान्डलाई ठूलो राहत मिलेको छ ।
योसँगै उनी न्युजिल्यान्ड विरुद्धको चार खेलको एकदिवसीय सिरिजको लागि टोलीमा परेका छन् ।
न्यूजिल्यान्ड सिरिजका लागि इंग्ल्यान्डको टोलीः
जोस बटलर (कप्तान), मोइन अली, गुस एटकिन्सन, जोनी बेयरस्टो, साम कुरान, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, जेसन रोय, बेन स्टोक्स, रिस टोपले, डेभिड विली, मार्क वुड, क्रिस वोक्स।
Categorized in स्पाेर्ट्स