अधिवक्ता पाण्डे थुनामुक्त, तामाङ समुदाय आन्दोलित
SamacharDesk | २०८० श्रावण १८, बिहिबार

विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउमा परेकी अधिवक्ता भगवती पाण्डे 'शितल' थुनामुक्त भएकी छिन्।
अधिवक्ता पाण्डेलाई बुधवार जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो । जिल्ला अदालतले उनलाइ बुधबारै थुनामक्त गर्न आदेश दिएको हो।
जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनी थुनामुक्त भएकी हुन्।
एक टेलिभिजन अन्तरवार्ताको क्रममा मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे विवादस्पद अभिव्यक्ति दिएपछि सो समुदाय आन्दोलित छ ।
उनले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन ।
बुधबार अधिवक्ता पाण्डेलाई पक्राउ गर्ने क्रममा आन्दोलित समुदायले जिल्ला प्रहरी कार्यलय परिसर टेकुमा प्रदर्शन समेत गरेको थियो ।
सो क्रममा प्रहरी र आन्दोलनकारी विच झडप समेत भएको थियो । प्रदर्शन एवं प्रहरीमाथि ढुंगामुढा गर्ने २८ जनालाई नियन्त्रणमा लिएको थियो । दबाब स्वरुप भएको कार्यक्रमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको नेतृत्वमा प्रदर्शन भएको थियो ।
टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।
जाहेरी पछि फरार भनिएकी पाण्डेलाइ तामाङ समुदायले चर्को दबाब दिएपछि बुधबार पक्राउ गरिएको थियो।
आन्दोलित समुदायहरुले पाण्डेले सार्वजनिक रुपमा माफी माग्नु पर्ने अन्यथा कडा भन्दा कडा सजाय दिनुपर्ने माग गरेका छन् ।
Categorized in राष्ट्रिय