arin enterprises

बर्ड फ्लू देखिएपछि ब्राजिलमा पशु स्वास्थ्य आपतकाल घोषणा

SamacharDesk – Aakash Rajopadhyaya | २०८० जेठ १०, बुधबार

बर्ड फ्लू देखिएपछि ब्राजिलले पशु स्वास्थ्य आपतकाल घोषणा भएको छ ।

ब्राजिलमा दुई वटा राज्यमा बर्ड फ्लू (एच फाइभ एन वन) का आठ वटा केस पुष्टि भएपछि ब्राजिल सरकारले ६ महिना अर्थात् १ सय ८० दिनको आपतकाल घोषणा गरेको हो ।

हालसम्म राजधानी रियो दि जेनेरियोमा एक र छिमेकी राज्य एस्पिरिटो सान्तोमा ७ वटासहित जंगली चराहरुमा बर्ड फ्लु भाइरस पुष्टि भएको छ ।

त्यहाँ सरकारले भाइरस थप फैलिन नदिन पशु स्वास्थ्य आपतकाल घोषणा गरेको जनाइएको छ ।

ब्राजिलको कृषि मन्त्रालयले बर्ड फ्लूको आवश्यक समन्वय, योजना र मूल्याङ्कन गर्न आपतकालीन सेन्टर खडा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ ।

ब्राजिल विश्वको सबैभन्दा ठूलो कुखुराको मासु निर्यातक देश हो । हरेक वर्ष ब्राजिलले १० अर्ब डलरको कुखुराको मासु निर्यात गर्ने गर्छ ।

Categorized in अन्तर्राष्ट्रिय