arin enterprises

विश्वम्भरप्रसाद श्रेष्ठ नेपालको ३१औं प्रधानन्यायाधीश

SamacharDesk | २०८० भाद्र ५, मंगलबार

विश्वम्भरप्रसाद श्रेष्ठ नेपालको ३१औं प्रधानन्यायाधीश बनेका छन् ।

सोमबार भएको संसदीय सुनुवाइ समितिले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा सर्वसम्मतीले अनुमोदन गरेको छ । संसदीय सुनुवाइका लागि पुगेका श्रेष्ठलाई सांसदहरुले विभिन्न प्रश्न गरिएको थियो ।

सांसदहरुले सर्वाेच्च अदालतमा भएको मुद्दाको चाङ कसरी घटाउनुहुन्छ भन्ने प्रश्न सोधेका थिए । सुनुवाइका क्रममा श्रेष्ठले आफूले अदालतमा विचौलिया नियन्त्रणका लागि काम गर्ने बताएका थिए ।

त्यस्तै घरायसी विवादका कारण वर्षौंदेखि अदालती झमेला व्यहोरिरहेका सेवाग्राहीलाई प्राथमिकता दिने र पुराना मुद्दा फर्स्योट गर्ने प्रतिबद्धता जनाएको थिए ।

सुनुवाइ समितिमा श्रेष्ठ विरुद्ध ३ वटा उजुरी परे पनि एकमात्र उजुरिकर्ता समितिको सम्पर्कमा आएका थिए । श्रेष्ठको नाम सोमबार नै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश नियुक्त गरेका छन् ।

उनी करिब साढे १४ महिना प्रधानन्यायाधीश भई ६५ वर्षे उमेर हदले २० असोज २०८१ मा अवकाश हुनेछन् ।

Categorized in राष्ट्रिय