ट्विटरमा पैसा नतिरे ‘ब्लु टिक’ हट्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १०, आइतबार

ट्विटरले पैसा नतिर्ने प्रयोगकर्ताहरूको ‘ब्लु टिक’ हटाउन सुरु गरेको छ ।
ट्विटरले ब्लु टिक भेरिफिकेसनका लागि शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेसँगै पैसा नतिर्ने प्रयोगकर्ताको टिकमार्क हटाउन सुरु गरेको हो ।
यसै क्रममा बलिवुड सुपरस्टार अमिताभ बच्चनको अकाउन्टबाट पनि ब्लुटिक हटाइएको थियो । आफ्नो अकाउन्टबाट ब्लुटिक हटाइएपछि बच्चनले ट्विट समेत गरेका थिए ।
ठट्यौली पारामा एलन मस्कलाई मेन्सन गर्दै बच्चनले आफ्नो टीकमार्क फर्काइदिन भनेका थिए ।
डन चलचित्रका पात्र विजयको खइके पान बनारस वाला भाषाकै शैलीमा ठट्टा गर्दै ‘एलन मस्क भाई मैले ट्विटरलाई पैसा तिरी सकें । अब मेरो ब्लु टिक फिर्ता देउ’ भन्दै ट्विट गरेका थिए ।
T 4623 - ए twitter भइया ! सुन रहे हैं ? अब तो पैसा भी भर दिये हैं हम ... तो उ जो नील कमल होत है ना, हमार नाम के आगे, उ तो वापस लगाय दें भैया , ताकि लोग जान जायें की हम ही हैं - Amitabh Bachchan .. हाथ तो जोड़ लिये रहे हम । अब का, गोड़वा जोड़े पड़ी का ??
— Amitabh Bachchan (@SrBachchan) April 21, 2023
यो ट्वीट मस्कले पढेरै होला नि त, अहिले बच्चनले आफ्नो ट्विटर अकाउन्टमा ब्लु टिक फिर्ता पाएका छन् ।
यस्तै नेपालको प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड), पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको अकाउन्टसँगै विभिन्न प्रचलित राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यक्तित्व लगायत नेपाली मिडियाहरूको पनि ब्लुटिकमार्क हटाइएको छ ।
ब्लु टिकमार्कका लागि प्रयोगकर्ताले मासिक ८ डलर तिर्नुपर्ने व्यवस्था छ ।
व्यवसायीहरूका लागि भने सब्क्रिप्सनबिना नै गोल्डेन टिकमार्कको व्यवस्था गरिएको छ । यस्तै सरकारी अकाउन्टहरूका लागि भने खैरो टिकमार्कको व्यवस्था गरिएको छ ।
ट्विटर कम्पनीले सन् २००९ देखि नक्कली अकाउन्टहरूलाई निरुत्साहित गर्न भेरिफिकेसनको सुरुवात गरेको थियो ।
सन् २०२२ मा एलन मस्कले ट्वीटर खरिद गरेपछि उनले यो नियम परिवर्तन गर्दै निलो टिकमार्कमा सब्सक्रिप्सन प्रणाली सुरु गरेका हुन् ।
Categorized in विज्ञान-प्रविधी