arin enterprises

लेवान्डोस्कीको दुई गोलसँगै बायर्न म्युनिखको सहज जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ६, आइतबार

 जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले युनियन बर्लीनलाई ४–० गोल अन्तरले हराउँदै सहज जित हो ।

बायर्नलाई जित दिलाउन १६ औं मिनेटमा किन्ग्सले कोम्यानले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

२५ औं मिनेटमा तान्ग्युए निआनजोउले गोल गर्दा टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टी मार्फत गोल गर्दै बायर्नको अग्रता ३–० को बन्यो ।

खेलको ४७ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दास्रो गोल गर्दै बायर्नलाई ४–० को जित दिलाए ।

यो जितसँगै बायर्नले २७ खेलमा ६३ अंक जोड्डै शीर्ष स्थानमा ७ अंकको समेत अग्रता बनाएको छ ।

बर्लीन ३८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स