arin enterprises

बुद्धको मुर्ति चोरी

SamacharDesk – क्राइम ब्यूराे | २०७८ भाद्र ३, बिहिबार

काठमाडौंको पैयुंटारबाट बुद्धको मूर्ति चोरी भएको छ ।

पैँयुटार पिपलबोटस्थित शान्ति स्तुपाको बाहिरतर्फ छतमा राखिएको बुद्धको मूर्ति चोरी भएको हो ।

पित्तलमा सुनको जलप लगाएइको बुद्धको मुर्ति गएराति चोरी भएको हो ।

चोरी भएको मूर्ति उचाई १ फिट र वजन १० केजी वजनको रहेको थियो ।

चोरीमा संलग्न व्यक्तिहरु हाल फरार रहेको र उनीहरूको खोजी शुरु भइसकेको प्रहरीले बताएको छ ।

Categorized in अपराध