arin enterprises

क्यानडा ३६ वर्षपछि विश्वकपमा छनौट

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र १४, सोमबार

क्यानडा कतार विश्वकप २०२२ मा छनौट भएको छ ।

आइतबार राति विश्वकप छनौट अन्तर्गत जमैकालाई ४–० गोलले हराउदै क्यानडा ३६ वर्षपछि विश्वकपमा छनौट भएको हो ।यस अघि क्यानडाले १९८६ मा विश्वकपममा छनौट खेलेको थियो ।

खेलको १३ औं मिनेटमा केली लारिनले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए ।

टाजोन बुचाननले ४४ औं मिनेटमा गोल गर्दै क्यानडाको अग्रता दोब्बर बनायो  । ८२ औं मिनेटमा जुनियर होइलेटले गोल गरेपछि क्यानडा ३–० ले अघि रह्यो ।

जमैकाका एड्रियन मारिप्पाले  खेलको ८८ औं मिनेटमा आत्मघाती गोल गरेपछि क्यानडा ४–० ले विजयी भयो ।

यो जितसँगै कोन्काफ क्षेत्रको छनोटमा१३ खेलमा २८ अंक जोड्डै क्यानडा शीर्ष स्थानमा रहेको छ ।

यस्तै जमैका ८ अंक जोडेर सातौं स्थानमा रहेको छ । 

Categorized in स्पाेर्ट्स