arin enterprises

कंगोमा रेल दुर्घटनामा ६० को मृत्यु

SamacharDesk | २०७८ फाल्गुण २९, आइतबार

अफ्रिकी मुलु कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ ।

घटनामा ५२ जना घाइते भएका छन् । कंगोको लुआलाबा प्रान्तका लागि लुएन प्रान्तबाट छुटेको रेल अनियन्त्रित भइ लिक बाहिर गएपछी दुर्घटना भएको हो । १५ वटा डिब्बा रहेको उक्त रेलका १२ डिब्बा खाली रहेको जनाइएको छ ।

कंगोमा लामो दुरीको यात्राका लागि सडक पुर्वाधार नभएका कारण रेल यात्रा बाध्यकारी छ । जसका कारण बर्षेनी रेल दुर्घटना हुने गरेको छ । गत अक्टोबरमा मात्रै सोही प्रान्तमा भएको रेल दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय