arin enterprises

सुडानमा युद्धविराम भंग

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १८, बिहिबार

सुडानको सेनाले सशस्त्र समुहहरुसँग वार्ताका लागि गरेको युद्धविराम भंग भएको दाबी भएको छ । सुडानी सेनाले एक साताका लागि गरिएको युद्धविराम पाँच दिनमै भंग भएको जनाएको हो ।

सोमबार दुबै पक्षबीच एक साता म्याद थप गरी वार्ता टुंगो लगाउने सहमति भएको थियो । तर, सशस्त्र विद्रोहीको आन्दोलनका कारण हजारौं सर्वसाधारण विस्थापित हुँदा सेनाले वार्ता भंग गरेको अन्तराष्ट्रि समाचारमा जनाइएको छ ।

सेनाका अधिकारीहरुले विद्रोहीको डर र धम्कीका कारण सर्वसाधारण विस्थापित हुनबाट रोक्न युद्धविराम भंग गरी कारवाही अघि बढाउनुपरेको जनाएका छन् ।

यस्तै साउदी अरबको एक बन्दरगाहमा वार्ता जारी रहेकै बेला विद्रोहीले युद्धविराम उल्लंघन गरेर सर्वसाधारणमा त्रास फैलाएको सरकारी अधिकारीहरुको आरोप छ ।

सन् २०१९ मा भएको राजनीति कू पछि सुडानमा गृहयुद्ध जारी छ । जारी गृहयुद्धका कारण हाल सम्म करिब १५ लाख सर्वसाधारण विस्थापित भएका छन् ।

तीमध्ये साढे ३ लाख मानिस छिमेकी मुलुकहरुमा पुगेको समाचारमा उल्लेख गरिएको छ ।

गृहयुद्धका कारण अधिकांश अस्पतालका सेवाहरु पनि ठप्प भएका छन् भने विभिन्न शहरमा लुटपाट, आगजनी, विद्युत र खानेपानीलगायत आपूर्तिमा समस्या भएको छ ।

Categorized in अन्तर्राष्ट्रिय