arin enterprises

शताब्दी पुरुष जोशीको स्वास्थ्य स्थितिमा सुधार

SamacharDesk – विजयरत्न | २०७८ माघ २६, बुधबार

वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्य स्थितीमा सुधार देखिएको छ ।

शरीरमा अक्सिजनको कमी देखिएर उपचारार्थ किष्ट अस्पताल भर्ना भएका शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार आएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जानकारी दिनुभएको छ । सोमबार अस्पताल भर्ना भएका जोशीको मङ्गलबारदेखि स्वास्थ्यमा सुधार देखिएको बताइएको छ ।

डा. जोशी अझै एक हप्ता अस्पतालमा बस्नु पर्ने अवस्था रहेको अस्पताल स्रोतले जनाएको छ ।

यसैबीच जोशीले मंगलबार नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईलगायत नइका पदाधिकारीसँग भर्चुअल माध्यमबाट कुरा गर्दै आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् ।

स्मरणीय छ, जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले किस्ट मेडिकल कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि आआफ्नो शरीर मरणोपरान्त समर्पण गर्नुभएको छ । 

Categorized in राष्ट्रिय