arin enterprises

फाब्रिगासद्वारा सन्यास घोषणा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ १८, सोमबार

स्पेनका मिडफिल्डर सेस फाब्रिगासले फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

बार्सिलोना र चेल्सीका पूर्व मिडफिल्डर ३६ वर्षका फाब्रिगासले फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले ट्विटरमार्फत २० वर्षको फुटबल करियरलाई पूर्णविणाम दिदै कोचिङ करियर अघि बढाउन आफु उत्साहीत रहेको बताएका छन् ।

ट्वीटरमा ‘मलाई धेरै दुख महशुश भैरहेको छ कि अब समय आएको छ, मैले खेलबाट सन्यास लिने ।’ उनले लेखेका छन् ।

फाब्रिगासले आर्सनल, मोनाकोबाट समेत ब्यवसायीक फुटबल खेलेका थिए । उनले खेलाडी जिवनमा दुई प्रिमियर लिग, दुई युरोपियन च्याम्पियनसिप, च्याम्पियन्स लिग र विश्वकपको उपाधि जितेका छन् ।

Categorized in स्पाेर्ट्स