arin enterprises

च्याम्पियन म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ५, बुधबार

 इंग्लिस प्रिमियर लिगमा च्याम्पियन तथा शीर्ष स्थानको म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा सिटी ब्राइटनसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।

खेलको दोस्रो मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

१० औं मिनेटमा जोआ क्यान्सेलोले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटिएको थियो । ४८ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता २–० को बनाए ।

तर, ५० औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले, ७२ औं मिनेटमा एडम वेब्स्टरले र ७६ औं मिनेटमा डानिल बुर्नले गोल गरेपछि खेल ३–२ले ब्राइटनको पोल्टामा गयो ।

यो जितसँगै ब्राइटनले ३७ खेलमा ४१ अंक जोडेको छ । ब्राइटन १५ औं स्थानमा रहेको छ । सिटीले ३७ खेलमा ८३ अंक जोडेको छ ।

Categorized in स्पाेर्ट्स