चन्द्रागिरि नगरपालिकाको अस्पतालको बेस ढलान अन्तिम चरणमा
SamacharDesk – बिराज | २०८१ फाल्गुण २३, शुक्रबार

चन्द्रागिरि नगरपालिकाको निर्माणाधिन १५ शैया प्राथमिक अस्पतालको राफ्ट बेस ढलान अन्तिम चरणमा पुगेको छ ।
चन्द्रागिरि नगरपालिका–४ को चन्द्रागिरि प्राथमिक अस्पताल नजिकै निर्माण हुँदै गरेको उक्त अस्पतालको ११७० वर्ग मि. रहेको बेसको ढलान अन्तिम चरणमा पुगेको हो ।
बेसको ढलान सकिए लगत्तै बाकी स्ट्रक्चरको काम शुरु हुने बताइएको छ ।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले गत बुधबार उक्त ढलान कार्यको स्थलगत निरीक्षण अनुगमन समेत गरे । सो अवसरमा नगर प्रमुख गिरिले निर्माण पक्षलाई समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन समेत दिए ।
२० करोड लागतमा निर्माण हुँदै गरेको उक्त अस्पतालसंगै जर्मन बिकास बैंकको आर्थिक सहयोगमा करिब १ अर्ब बराबरको परोपकार प्रसुति अस्पतालको पनि निर्माण हुनेछ ।
उक्त प्रसुति अस्पतालको सम्पूर्ण प्रारम्भिक कार्य सम्पन्न भइ टेन्डर प्रक्रियाको तयारी भइरहेको पनि चन्द्रागिरि नगरपालिकाले जानकारी दिएको छ ।
Categorized in स्थानीय