चन्द्रागिरि नगरपालिकाले नैकापमा आकाशे पुल निर्माण गर्ने
SamacharDesk – बिराज | २०८१ फाल्गुण १६, शुक्रबार

चन्द्रागिरि नगरपालिकाले नैकाप भञ्ज्याङ्मा आकाशे पुल निर्माण गर्ने भएको छ ।
उक्त निर्माण कार्यको लागि चन्द्रागिरि नगरपालिकाले विद्युतीय ठेक्का प्रक्रिया शुरु गरेको छ ।
सडक बिभाग लगायतका केन्द्रिय निकायसंंगको लामो समयको समन्वय पश्चात् उक्त निर्माण कार्यको प्रक्रिया अगाडी बढाएको नगरपालिकाले जनाएको छ ।
उक्त पुलको निर्माण पश्चात् उक्त क्षेत्रको नागरिकलाई ओहोरदोहोर गर्नको साथै यातायात ब्यबस्थापनमा सहजीकरण हुने नगरपालिकाको दावी छ ।
Categorized in स्थानीय