प्रिमियर लिगमा चेल्सी पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २०, आइतबार

इंग्लिस प्रिमियर लिगमा चेल्सी पराजित भएको छ ।
शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डले चेल्सीलाई ४–१ गोलले हराएको हो ।
घरेलु मैदानमा ४८ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
खेलको ५० औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ को स्थितिमा ल्याए । क्रिस्टियन एरिक्सनले ५४ औं मिनेटमा गोल गर्दै ब्रेन्टफोर्डलाई २–१ को अग्रता दिलाए ।
६० औं मिनेटमा भिटालीले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ स्थितीमा ल्याए । त्यसपछि खेलको ८७ औं मिनेटमा विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४–१ ले जित दिलाए ।
यो जितसँगै ब्रेन्टफोर्ड ३३ अंक जोडेर १४ औं स्थानमा रहेको छ । चेल्सी ५९ अंक जोड्डै तेस्रो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स