चेल्सी एफएको क्वाटरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण १९, बिहिबार

इंग्लिस क्लब चेल्सी एफएको क्वाटरफाइनलमा पुगेको छ ।
बुधबार राति भएको खेलमा लुटोन टाउनलाई ३–२ गोलले पराजित गर्दै चेल्सी क्वाटरफाइनलमा पुगेको हो ।
केलिनवर्थ रोडमा भएको खेलमा रिस बुर्केले खेलको दोस्रौँ मिनेटमा गोल गर्दै लुटोन टाउनलाई अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा चेल्सीको सउल निगुएजले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।
४० औं मिनेटमा ह्यारी कोर्निकले गोल गर्दा लुटोनले पुनः २–१ को अग्रता लिए ।
तर खेलको ६८ औं मिनेटमा टिमो वेर्नेरले गोल गरेपछि खेल २–२ को स्थितिमा ल्यायो ।
त्यसपछि खेलको ७८ औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई ३–२ को जित दिलाए ।
Categorized in स्पाेर्ट्स