arin enterprises

युएफा सुपर कपको उपाधी चेल्सीले जित्यो

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७८ श्रावण २८, बिहिबार

यस वर्षको युएफा सुपर कप फुटबलको उपाधि ईङ्गलिस क्लब चेल्सीले जितेको छ ।

नर्दन आयरल्याण्डको बेलफाष्टमा गएराति सम्पन्न खेलमा स्पेसिन क्लब भिलारियाललाई हराउँदै चेल्सीले उपाधि हात पारेको हो । चेल्सीले भिलारियललाई पेनाल्टी शुट आउटमा ६–५ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

खेलमा एक/एक गोलको बराबरी भएपछि पेनाल्टी सुट आउटबाट विजेताको निर्णय गरिएको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा चेल्सीले अग्रता लिएको थियो । खेलको २७ औं मिनेटमा चेल्सीका हकिम जियचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

पछि दोस्रो हाफमा ७३ औं मिनेटमा भिलारियालका जेरार्ड मोरेनोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा दुवै टिमबाट अर्को कुनै गोल हुन नसकेपछि खेलको छिनोफानो टाई ब्रेकरबाट गरिएको थियो ।

पेनाल्टी सुट आउटमा सुरुवाती ५ प्रहारमध्ये दुबै टोलीले ४–४ गोल गरेको थियो । पेनाल्टी सुट आउटको ५/५ प्रहारमा पनि बराबरी भएपछि सडन डेथबाट विजेता छानिएको थियो ।

सडन डेथको दोस्रो प्रहारमा भिलारियालका कप्तान राउल अल्बियोलले हानेको प्रहार चेल्सीका गोलरक्षक केपा अरिजाबालागाले रोकेपछि चेल्सी विजयी भएको हो ।

Categorized in स्पाेर्ट्स