चीनमा वर्षाका कारण आएको बाढीमा १५ को मृत्यु
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २१, बिहिबार

सोमबार र मंगलबारको भारी वर्षाका कारण दक्षिणपश्चिम चीनको चोङकिङको वान्झाउ जिल्लामा आएको बाढीले १५ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी बाढीले प्रभावित वान्झाउ जिल्लाको आपतकालिन व्यवस्थापन ब्यूरोले बुधबार विहानसम्मको वर्षाले जिल्लाका वुकियाओ, चाङलिङ र बैयाङलगायत ३६ सहर, गाउँ र सडकलाई प्रभावित बनाएको जनाएको हो ।
बाढीले ३७ हजार २२६ नागरिक प्रभावित भएको छ । तीमध्ये ११ हजार ५ सय ७८ जनालाई स्थानान्तरण गरिएको चाइनीज संचार माध्यमले उल्लेख गरेको छ ।
१ हजार ९ सय ४९ दशमलव ९६ हेक्टर जमिनको बाली र १ सय १२ घरमा क्षति पुयाएको बाढीले यो क्षेत्रमा २ सय २८ मिलियन युआन बराबरको प्रत्यक्ष आर्थिक नोक्सानी भएको बताइएको छ ।
चोङकिङ जलविज्ञान अनुगमन केन्द्का अनुसार सोमबार र मंगलबार सहरका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय