arin enterprises

चीनको सपिङ सेन्टरमा आगलागीमा हुँदा १४ को मृत्यु

SamacharDesk | २०८१ श्रावण ३, बिहिबार

चीनको सिचुआन प्रान्तको जिगोङ सहरमा रहेको एक सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

१४ तले सपिङ सेन्टरमा भएको आगलागीबाट ३० जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । आगलागीको खास कारण खुल्न नसकेको बताइएको छ ।

चीनको सरकारी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित फुटेजमा १४ तले भवनमाथि बाक्लो कालो धुवाँ उडिरहेको देखाइएको छ।

Categorized in अन्तर्राष्ट्रिय