चीनले नेपाललाई १० लाख डोज खोप दिने
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १२, बुधबार

चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ ।
बुधबार दिउँसो नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिनपिङ बीच पौने घण्टा टेलिफोन वार्ता भएको थियो ।
उक्त टेलिफोनमा कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।
चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय
