म्यानचेस्टर डर्बी खेलमा सिटी बिजय
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण २३, सोमबार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर डर्बी खेलमा सिटीले जित हासिल गरेको छ ।
आइतबार राति भएको डर्बी खेलमा सिटीले युनाईटेडलाई ४–१ गोले हराउँदै बिजय हासिल गरेको हो ।
घरेलु मैदानमा केभिन डे ब्रुएनले खेलको पाँचौं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, २२ औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।
२८ औं मिनेटमा ब्रुएनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले पुन अग्रता लियो ।
पहिलो हाफमा २–१ ले अघि रहेको सिटीले दोस्रो हाफमा थप २ गोल गर्यो ।
खेलको ६८ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई ३–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा महरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले ४–१ को फराकिलो जित निकाल्यो ।
यो जितसँगै सिटीले २८ खेलमा ६९ अंक जोड्डै शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । समान खेलमा युनाईटेड ४७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
दोस्रो स्थानकोे लिभरपुलले एक खेल कम खेल्दै ६३ अंक जोड्डा २ खेल कम खेलेको चेल्सीले ५३ अंक जोडेको छ ।
यस्तै चौथो स्थानमा रहेको आर्सनलले २५ खेलबाट ४८ अंक जोडेको छ।
Categorized in स्पाेर्ट्स