हाम्रो जात्रा र नवदुर्गागणबीच सहमति
SamacharDesk – बिराज | २०८० जेठ २८, आइतबार

हाम्रो जात्राका संचालक संचारकर्मी श्याम था र भक्तपुर नवदुर्गा गणबीच सहमति भएको छ ।
आगामी वर्षहरुमा भक्तजन र संचारकर्मीको लागि व्यवस्थित रुपमा व्यवस्था गर्ने योजनासहित अघि बढ्ने सहमति दुवै पक्षबीच भएको हो । संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै दुबै पक्षबीच सहमति भएको जनाएको छ ।
विज्ञप्तीमा दुबै पक्षले आआफ्नो गल्ती भएको महसूस गर्दै सहमति गरिएको जनाइएको छ । दुबै पक्षबीच आआफ्नो जिम्मेवारी बहन गर्ने क्रममा भीडमा ठेलमठेल भएको अवस्थामा सामान्य चोट लागेको बताइएको छ ।
‘आगामी दिनमा यस्तो घटना नदोहोर्याउने र जात्रालाई भब्यसभ्य तरीकाले मनाउँदै संसारभर बृहत रुपमा प्रचार प्रसार गर्दै जाने प्रतिवद्धता समेत जाहेर गरेको छ’ विज्ञप्तीमा लेखिएको छ ।
सहमति पत्रमा हाम्रा जात्राका संचालक श्याम र देवतागणका तर्फबाट श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सचिव लक्ष्मी प्रसाद बनमालाले हस्ताक्षर गरेका छन् ।
त्यस्तै समितिका तर्फबाट सल्लाहकार नारायणमान बनमाला र श्याम थाका तर्फबाट नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाका सचिव देबेन्द्र प्रजापति साक्षी बसेका छन् ।
