arin enterprises

कोरोना संक्रमित मृतक संख्या ३० पुग्यो

SamacharDesk – विकाश | २०७७ आषाढ १७, बुधबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेमा एक जना आज थप भएका छन् ।

गत असार १४ गते अछामको बयलपाटा अस्पतालमा मृत्यु हुने पुरुषको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

गत असार १३ गते अछाम जिल्ला रामरोशन गाउँपालिका ५ वडाका ४५ वर्षीय पुरुषमा एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको १४ गते मृत्यु भएको थियो ।

१५ गते उनको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएकोमा १६ गते आएको रिपोर्टमा उनमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपचारको समयमा उक्त पुरुषसँगै अस्पतालमा कुरुवा बस्ने दुई जनाको पनि स्वाब नमूना परिक्षण गरिएकोमा उनीहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

मृतक मधुमेहको विरामी समेत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमितको मृत्यु संख्या ३० पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुने प्रायको संक्रमण पुष्टि भने मृत्यु पछि मात्र भइरहेको छ । 

Categorized in समाज