arin enterprises

कैलालीका कोरोना संक्रमितको मृत्यु

SamacharDesk – विकाश | २०७७ आषाढ १३, शनिबार

कैलालीका एक कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ ।

कैलाली जिल्ला गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फोक्सोको क्यान्सर रोगबाट पिडिट उनी भारतमा उपचार गराउँदै आएका थिए । 

सोही क्रममा उपचारका लागि चितवन मेडिकल कलेज पुगेको उनको असार ११ गते गरिएको कोभिड परिक्षणको नतिजा पोजेटिभ आएको थियो । 

त्यसपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा सारेर उपचार गरिँदै थियो ।

उपचारकै क्रममा आज विहान ६ः३५ बजे उनको मृत्यु भएको हो । 

उनको शव नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमतिको मृत्यु संख्या २८ पुगेको छ ।

आजसम्ममा १२ हजार ३ सय ९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने तीमध्ये दुई हजार ८ सय ३४ जना निको भएका छन् ।

Categorized in समाज