रौतहटका संक्रमित पुरुषको ललितपुरमा मृत्यु
SamacharDesk – विकाश | २०७७ आषाढ १५, सोमबार

गत १३ गते ललितपुर सानेपाको स्टार हस्पिटलमा मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हिजो साँझमा आएको रिपोर्टमा मृतकमा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी गराए ।
रौतहट जिल्ला फतुवाविजयपुर नगरपालिका ७ बस्ने ३० वर्षीय पुरुषमा श्वासप्रश्वासमा समस्या भएर गत असार १३ गते ललितपुरको सानेपास्थित स्टार अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालमा भर्ना भए लगत्तै उनलाई आइसीयूमा राखेर उपचार शुरु गरिएको थियो ।
सोही दिन उनको स्वाब संकलन गरी परिक्षणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर पठाइएकोमा परिक्षणको रिपोर्ट नआउँदै १३ गते राती ८ बजे उनको मृत्यु भएको थियो ।
मृतक पुरुक्ष गत ३ महिनादेख फोक्सोको समस्याका कारण विभिन्न अस्पतालमा उपचार गराउँदै आएको बताइएको छ ।
मृतकको शव नेपाली सेनाको सहयोगमा व्यवस्थापन भइसकेको मन्त्रालयले बताएको छ ।
Categorized in समाज