arin enterprises

उपत्यकामा ५४८ नयाँ संक्रमित भेटिए

SamacharDesk – बिकाश | २०७८ आषाढ ६, आइतबार

काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ५४८ जना नयाँ संक्रमित भेटिएका छन् ।

काठमाडौंमा ४५०, ललितपुरमा ७३ र भक्तपुरमा २५ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ६० हजार १७ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् ।

गएको २४ घण्टामा उपत्यकामा ८५७ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ४६ हजार ५६० जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।

हाल उपत्यकामा १० हजार ७५३ जना सक्रिय संक्रमित उपचाररत छन् । विभिन्न संस्थागत आइसोलेसनमा उपचाररतमध्ये ६७७ जना जनरल÷एचडियू वार्डमा छन् भने आइसीयूमा रहेका २५७ जनामध्ये ९२ जना भेन्टिलेटरमा छन् ।

काठमाडौंमा ९ र भक्तपुरमा एक जना गरी पछिल्लो २४ घण्टामा उपत्यकामा जम्मा १० जना संक्रमितको मृत्यु भएको छ । उपत्यकामा हालसम्ममा २ हजार ७०४ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । 

Categorized in समाज