उपत्यकामा संक्रमण निको हुनेको दर ९६ प्रतिशत
SamacharDesk – बिकाश | २०७८ आषाढ २४, बिहिबार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भेटिने कोभिड १९ का नयाँ संक्रमितको संख्या ५ सय भन्दा कम रहेको छ ।
उपत्यकामा ४२७ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा २८७, ललितपुरमा ८२ र भक्तपुरमा ५८ जना संक्रमित फेला परेका हुन् । उपत्यकामा जम्मा २ लाख ६८ हजार ६३ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् ।
तीमध्ये ९६ प्रतिशत संक्रमितले कोरोना भाईरसलाई परास्त गर्दै संक्रमणमुक्त भइसके । उपत्यकाका कुल संक्रमितमध्ये २ लाख ५७ हजार ३१८ जना संक्रमित निको भइसकेका छन् ।
गएको २४ घण्टामा संक्रमण निको हुनेको संख्या ५१४ जना संक्रमित निको हुँदै डिस्चार्ज भएका छन् ।
उपत्यकामा हाल ७ हजार ९१४ जना सक्रिय संक्रमित उपचाररत छन् ।
उपत्यकाका विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितमध्ये ५०९ जना एचडियू/जनरल वार्डमा छन् भने आइसीयूमा उपचाररत १६४ जनामध्ये ५९ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
पछिल्लो पटक उपत्यकामा जम्मा ५ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौं र ललितपुरमा २/२ जना र भक्तपुरमा एक जना संक्रमितको मृत्यु भएको हो । उपत्यकामा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या २ हजार ८३१ पुगेको छ ।
Categorized in समाज