निको हुनेको संख्या बढ्दो दरमा
SamacharDesk – बिकाश | २०७८ जेठ ४, मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । २० हजार २८६ आरटी पिसिआर परिक्षणमा ८ हजार १३६ र ६९३ एन्टिजेन परिक्षणमा ६७ जनामा सक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमा ९ वर्षसम्मका १७१ जना बालबालिकाहरु छन् भने १० देखि १९ वर्ष उमेर समूहका ५१० जना छन् । योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।
हाल एक लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित उपचाररत छन् । एक लाख ७ हजार ८२ जना संक्रमित होम आइसोलेसनमा छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेसनमा छन् ।
आइसीयूमा रहेका एक हजार ५९० जनामध्ये ३९० जना भेन्टिलेटरमा उपचाररत छन् ।
गएको २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ७ हजारको नजिक रहेको छ । जम्मा ६ हजार ८९१ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ३ लाख ५२ हजार ४१४ जना संक्रमणमुक्त भइसकेका छन् ।
थप १९६ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको जानकारी पछिल्लो २४ घण्टामा प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ५ हजार ४११ जनाको कोभिड संक्रमितका कारण मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय