arin enterprises

७६.३ प्रतिशत संक्रमित निको

SamacharDesk – बिकाश | २०७८ जेठ ९, आइतबार

नेपालमा पछिल्लो २४ घण्टामा परिक्षण संख्याको ३९ दशमलव ७१ प्रतिशतमा कोभिड संक्रमण पुष्टि भएको छ ।

जम्मा १९ हजार ९२६ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको हो । १८ हजार ९६५ आरटी पिसिआर परिक्षणमा ७ हजार ५९८ र ९६१ एन्टिजेन परिक्षणमा ३१६ जना संक्रमित भेटिएका हुन् ।

नयाँ संक्रमितमा ९ वर्षसम्मका १५६ जना बालबालिका छन् भने १० देखि १९ वर्ष उमेर समूहका ५६५ जना छन् । नेपालमा हालसम्म ५ लाख १३ हजार २४१ जनालाई कोभिड संक्रमण भइसकेको छ ।

पछिल्लो पटक कोभिड संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार ६६४ रहेको छ । नेपालमा कोभिड संक्रमण निको हुनेको कुल संख्या ३ लाख ९१ हजार ३४८ पुगेको छ । संक्रमण निको हुनेको दर ७६ दशमलव ३ प्रतिशत पुगेको छ ।

हाल एक लाख १५ हजार ५४७ सक्रिय संक्रमित उपचाररत छन् । एक लाख ८ हजार १९८ संक्रमित होम आइसोलेसनमा छन् भने ७ हजार ३४९ विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

आइसीयूमा रहेका एक हजार ७२१ जनामध्ये ४८४ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

थप १९३ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म ६ हजार ३ सय ४६ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ । 

Categorized in राष्ट्रिय