arin enterprises

८ हजार ६३६ संक्रमित थप, ६ हजार ४०४ निको

SamacharDesk – बिकाश | २०७८ जेठ ११, मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ८ हजार ६३६ जना संक्रमित थप भएका छन् ।

२२ हजार ३०६ आरटी पिसिआर परिक्षणमा ८ हजार ३८७ र ६३० एन्टिजेन परिक्षणमा २४९ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । परिक्षण संख्याको आधारमा ३७ दशमलव ६५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

थप हुने नयाँ संक्रमितमध्ये १८३ जना ९ वर्ष मुनिका बालबालिका छन् भने ६७६ जना १० देखि १९ वर्ष उमेर समूहका छन् । हालसम्म ५ लाख २८ हजार ८४८ जना कोभिड १९ बाट संक्रमित भइसके ।

हाल उपचाररत सक्रिय संक्रमिको संख्या एक लाख १७ हजार २६१ रहेका छन् । एक लाख ८ हजार ४२८ जना होम आइसोलेसनमा छन् भने ८ हजार ८३३ जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

आइसीयूमा उपचाररत एक हजार ६७२ जनामध्ये ४४७ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

गएको २४ घण्टामा ६ हजार ४०४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ४ लाख नाघेको छ । हालसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो पटक १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म ६ हजार ७ सय जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ । 

Categorized in राष्ट्रिय