उपत्यकामा कोरोना निको हुने २ लाख नाघ्यो
SamacharDesk – बिकाश | २०७८ जेठ ११, मंगलबार

पछिल्लो पटक देशभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये दुई हजार ६१३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।
काठमाडौंमा एक हजार ८६३, ललितपुरमा ४२७ र भक्तपुरमा ३२३ जना संक्रमित थप भएका छन् । हालसम्म उपत्यकामा २ लाख ३१ हजार ७५८ जना कोभिड १९ बाट संक्रमित भइसके ।
संक्रमण निको हुनेको संख्या भने २ लाख नाघेको छ । पछिल्लो पटक २ हजार ८९६ जना संक्रमित निको भएसँगै उपत्यकामा कोरोना संक्रमण निको हुनेको संख्या २ लाख एक हजार १११ पुगेको छ ।
उपत्यकामा काेराेना संक्रमण निकाे हुनेकाे दर ८६ दशमलव ७७ प्रतिशत रहेकाे छ ।
हाल उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या २८ हजार ४४३ रहेको छ । तीमध्ये एक हजार ६७३ जना जनरल/एचडियू वार्डमा उपचाररत छन् । त्यस्तै आइसीयूमा रहेका ४८३ मध्ये १८१ जना भेन्टिलेटरमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको सूचना अनुसार पछिल्लो पटक उपत्यकामा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ५७ रहेको छ ।
काठमाडौंमा ३४, ललितपुरमा ८ र भक्तपुरमा १५ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । उपत्यकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या दुइ हजार २०४ रहेको छ ।
Categorized in समाज