arin enterprises

नयाँ संक्रमितभन्दा निको हुने बढि

SamacharDesk – बिकाश | २०७८ जेठ १२, बुधबार

लामो समयपछि आज पहिलो पटक नेपालमा पछिल्लो २४ घण्टामा थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये निको हुनेको संख्या बढि रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जना नयाँ संक्रमित थपिएका छन् भने निको हुनेको संख्या ६ हजार ७१६ रहेको छ ।

निको हुनेको दर पनि ७७ प्रतिशतको नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको सूचना अनुसार कुल संक्रमितमध्ये ७६ दशमलव ९ प्रतिशत निको भइसकेका छन् ।

नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख ११ हजार ६०३ रहेको छ ।

गएको २४ घण्टामा गरिएको परिक्षण संख्याको आधारमा ३४ दशमलव ६९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । १९ हजार ३० आरटी पिसिआर परिक्षणमा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन परिक्षणमा ३७ जना संक्रमित भेटिएका हुन् ।

थप हुने नयाँ संक्रमितमध्ये १८६ जना ९ वर्ष मुनिका बालबालिकाहरु छन् भने ६१५ जना १० देखि १९ वर्ष उमेर समूहका छन् । नेपालमा हालसम्म ५ लाख ३५ हजार ५२५ जनालाई कोभिड संक्रमण भइसकेको छ ।

हाल एक लाख ७७ हजार १७ जना सक्रिय संक्रमित उपचाररत छन् । एक लाख ८ हजार ६२० जना संक्रमित होम आइसोलेसनमा छन् भने ८ हजार ४५७ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

आइसीयूमा रहेका एक हजार ६७१ मध्ये ४३४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

थप १४५ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ६ हजार ८४५ पुगेको छ । 

Categorized in राष्ट्रिय