arin enterprises

उपत्यकामा नयाँ संक्रमितको संख्यामा कमी आउँदै

SamacharDesk – बिकाश | २०७८ जेठ १२, बुधबार

पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा कोभिड १९ का नयाँ संक्रमितको संख्यामा निरन्तर कमी आइरहेको छ ।

पछिल्लो २४ घन्टामा उपत्यकामा एक हजार ४९३ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा एक हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् ।

उपत्यकामा हालसम्म २ लाख ३३ हजार २५१ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ ।

तीमध्ये २ लाख ३ हजार २८० जना संक्रमित निको पनि भइसकेका छन् । उपत्यकामा संक्रमण निको हुनेको दर ८७ दशमलव १५ प्रतिशत पुगेको छ । गएको २४ घण्टामा २ हजार १६९ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हाल उपत्यकामा उपचाररत सक्रिय संक्रमितको संख्या २७ हजार ७३२ रहेको छ । एक हजार ६७७ संक्रमित जनरल/एचडियूमा उपचाररत छन् भने आइसीयूमा रहेका ४८५ मध्ये १७८ जना भेन्टिलेटरमा छन् ।

उपत्यकामा थप ३५ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२, ललितपुरमा ९ र भक्तपुरमा ४ जना संक्रमितको मृत्यु भएको हो ।

उपत्यकामा हालसम्म २ हजार २३९ जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Categorized in समाज