नयाँ संक्रमणको दरमा कमी आउँदै
SamacharDesk – बिकाश | २०७८ जेठ १३, बिहिबार

नेपालमा पछिल्ला दिनहरुमा कोभिड १९ संक्रमणको अवस्थामा सुधार आउँदै गरेको पाइएको छ । पछिल्लो दिनमा नयाँ संक्रमण दरमा निरन्तर कमी आइरहेको छ ।
आज स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा परिक्षण संख्याको ३३ दशमलव ०५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
जम्मा २० हजार ९९२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ६ हजार ९३९ जना संक्रमित भेटिएका हुन् । २० हजार ४१४ आरटी पिसिआर परिक्षणमा ६ हजार ७३१ र ५७८ एन्टिजेन परिक्षणमा २०८ जना संक्रमित भेटिएका हुन् ।
थप हुने नयाँ संक्रमितमध्ये २१४ जना १० वर्ष मुनिका बालबालिका रहेका छन् भने ६४८ जना ११ देखि २० वर्ष उमेर समूहका छन् । कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।
आज पनि नयाँ संक्रमित संख्या भन्दा संक्रमण निको हुनेकै संख्या बढि रहेको छ ।
पछिल्लो पटक ७ हजार २२६ जना संक्रमित कोरोना भाईरसलाई हराउँदै संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख १८ हजार ८२९ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।
संक्रमणमुक्त हुनेको दर ७७ प्रतिशत नाघेको छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ७७ दशमलव २ प्रतिशत रहेको छ ।
हाल एक लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित उपचाररत छन् । एक लाख ८ हजार ६२६ जना होम आइसोलेसनमा छन् भने ७ हजार ८५० जना विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
आइसीयूमा रहेका एक हजार ६४५ जनामध्ये ४५७ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
थप १०६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ ।
Categorized in राष्ट्रिय