arin enterprises

उपत्यकामा थप २ हजार ३६७ जनामा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७८ जेठ १३, बिहिबार

पछिल्लो पटक देशैभरीबाट थप हुने नयाँ संक्रमित मध्ये ३४ दशमलव ११ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् ।

उपत्यकामा पछिल्लो पटक २ हजार ३६७ जना संक्रमित पाइएका छन् । काठमाडौंमा एक हजार ७३८, ललितपुरमा ३६४ र भक्तपुरमा २६५ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ३५ हजार ६१८ जनालाई कोभिड संक्रमण भइसकेको छ ।

तीमध्ये ८७ दशमलव १५ प्रतिशत निको पनि भइसकेका छन् । उपत्यकामा हालसम्म कुल संक्रमितमध्ये २ लाख ५ हजार ३४९ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लो पटक २ हजार ६९ जना संक्रमित निको  भएका छन् ।

हाल उपत्यकामा २८ हजार ५ जना संक्रमित उपचाररत छन् । तीमध्ये एक हजार ५५३ जनरल/एचडियूमा उपचाररत छन् भने ४४३ जना आइसीयूमा र १८४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

उपत्यकामा थप २५ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा १७, ललितपुरमा ५ र भक्तपुरमा ३ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको हो । उपत्यकामा हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या २ हजार २६४ पुगेको छ । 

Categorized in समाज