arin enterprises

कोभिड परिक्षण ह्वात्तै घट्यो

SamacharDesk – बिकाश | २०७८ जेठ १५, शनिबार

कोभिड १९ संक्रमितको पहिचान गर्न लागि पछिल्ला दिनहरुमा दैनिक २० हजारको हाराहारीमा स्वाब नमूनाको परिक्षण हुने गरेकोमा आज यो संख्या ह्वात्तै घटाइएको छ ।

पछिल्लो २४ घण्टामा मात्र १४ हजार ७५२ जनाको स्वाब नमूनाको परिक्षण भएको छ ।

संक्रमण दर बढ्दै गएको अवस्थामा परिक्षण घटाइएको भन्दै मानिसहरुले सामाजिक संजालमा विरोध गरिरहेका छन् ।

पछिल्लाे पटक परिक्षण संख्याको ३० दशमलव ४१ प्रतिशतमा संक्रमण पुष्टि भएको ।

४ हजार ४८७ जना नयाँ संक्रमित थप भएका छन् । १४ हजार ६ आरटी पिसिआर परिक्षणमा ४ हजार ११ र ७४६ एन्टिजेन परिक्षणमा १७६ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये १२० जना १० वर्षसम्मका बालबालिका रहेका छन् भने १० देखि १९ वर्ष उमेर समूहका ३९६ जना छन् । योसँगै कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।

तीमध्ये ७८ दशमलव ६ प्रतिशत निको भइसकेका छन् । आजसम्ममा जम्मा ४ लाख ३४ हजार ७५० जना संक्रमित निको भइसकेका छन् । पछिल्लो पटक ६ हजार ८० जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हाल एक लाख ११ हजार ५०९ जना सक्रिय संक्रमित उपचाररत छन् । एक लाख ३ हजार ७ सय संक्रमित होम आइसोलेसनमा छन् भने ७ हजार ८०९ जना विभिन्न संस्थागत आइसोलेसनमा छन् ।

आइसीयूमा रहेका एक हजार ६१४ जनामध्ये ४५७ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

थप ११६ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म ७ हजार १३६ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

Categorized in राष्ट्रिय